धादिङमा ट्रक र ट्याक्टर जुध्दा आगलागी (भिडियोसहित)

| 2018 Jun 04 | 06:11 pm 3570

धादिङ २१ जेठ :  ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँदा आगलागी भएको छ । सोमबार साढे चार बजे धादिङको धार्के नजिक चार किलोमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँदा आगलागी भएको हो ।

आगलागीबाट तीन जना ३ जना घाइते भएका छन् । प्रत्यक्ष प्रत्यक्षदर्शी प्रशान्त राईका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ प १०९३ नम्बरको ट्रयाक्टर विपरित दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग ठोक्किएको थियो । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको हो ।

भिडियाे हेर्नुहाेस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.