धादिङका राजकुमारलाई गुल्मीको चिन्ता

रिपोर्ट नेपाल | 2019 Jul 31 | 10:24 am 2038

काठमाडौं, साउन १५: धादिङ जिल्लाको नेत्रवती गाउँपालिकाका समाजसेवी राजकुमार श्रेष्ठ खेलकुद प्रेमीहुन् । लोप भएका खेलहरुलाई बचाउनका लागि अहोरात्र लागि पर्ने राजकुमार मंगलबार साँझ रिपोर्ट नेपाल डटकमको कार्यालयमा आएर गुल्मीको पहिरो पीडित बारे भावुक भएर चिन्ता व्यक्त गरे ।

स्वर्गीय बाबु नेत्रकुमार श्रेष्ठ र आमा लिलादेवी श्रेष्ठका सुपुत्र राजकुमारले आफूले धेरै सहयोग गर्न नसके पनि सानो सहयोग गर्न चाहेको भन्दै ३ हजार ५ सय नगद सहयोग गरे । रिपोर्ट नेपाल डटकमले सहयोगदाताको नाम प्रकाशित गरेको देखेपछि आफूलाई सहयोग गर्न मन लागेको उनले बताए ।

राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघका संरक्षक रहेका श्रेष्ठको आउँदा दिन अझ बढी सुखमय बन्दै उनी अझै दिन दुःखीहरुको सेवामा लागुन् हाम्रो शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.