काठमाडाैं, असार ६: धादिङकाे गल्छी ६ मा बा १८ च ९४०८ नम्बरकाे जीप दुर्घटना भएकाे छ, १० जना घाइते
धादिङ, असार ६जिल्लाकाे गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उक्त बाेलेरा जीप गल्छी गाउँपालिका- ५ को सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो।
स्थानीयले घाइतेहरुको अहिले उद्दार गरी विभिन्न अस्पतालमा पठाइएकाे छ। घटनाको थप विवरण आउन भने बाँकी छ।