धर्मान्तरणको विरोधमा प्रदर्शन

| 2024 Sep 13 | 03:14 pm 281

काठमाडौँ २८भदौ / विश्वहिन्दू महासंघले आज धर्मान्तरणको विरोधमा माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा राप्रपाका नेता तथा सांसद पशुपतिशमशेर राणा, धवल शमशेर राणासहित विश्वहिन्दू महासंघका पदाधिकारी, राजावादी संगठन, हिन्दूराष्ट्र पक्षधरलगायतको उपस्थिति रहेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले ‘हिन्दूराष्ट्र जिन्दावाद, धर्म निरपेक्ष खारेज गर’ , ‘राजतन्त्र जिन्दावाद, ७२ को संविधान खारेज गर’ जस्ता नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.