काठमाडौं, असोज २१ : व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा काठमाडौं महानगरपालिका २ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
लाजिम्पाट तथा ठमेल एरियामा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको सूचना प्राप्त भएलगत्तै महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।