धमला पत्नी एलिजाले सक्रिय राजनीतिबाट लिइन विश्राम

| 2023 Jul 06 | 12:00 pm 3233

काठमाडाै‌ं, असार २१ । नागरीक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको उनले आफ्नो फेसबुक पेजमार्फत घोषणा गरेकी छन् । एलिजाले गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले पार्टी प्रवेश गरेको छाेटाे समयमै राजनीतिबाट संन्यास लिएकी हुन् ।

समाजसेवा निरन्तर रहने र सक्रिय राजनीतिबाट विदा भएको जानकारी गराउँदै उनले दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कको काम हेर्न अनुरोध गरेकी छिन् ।

उनले आज मेयर हर्कको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्दै निकै खुशी भएको बताएकी छिन् । साथै श्रम शिविरको लागि आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छिन् ।

एलिजा गाैतमकाे फेसबुक स्टाटस जस्ताको तस्तैः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.