धनुषामा आजदेखि निषेधाज्ञा जारी

| 2021 May 04 | 04:00 pm 317

  • राजन झा

जनकपुरधाम, बैशाख २१ः मंगलबार बिहान ६ बजेदेखि धनुषामा निषेधाज्ञा लागु भएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा केही दिन पहिला बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकबाट धनुषामा आजबाट निषेधाज्ञा लाग गरिने निर्णय भएको थियो ।

साेही निर्णय अनुसार आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लामा सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढ्दै गएकोले संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो ।

त्यस्तै, महोत्तरीमा भोली (बुधबार) बाट निषेधाज्ञा लागु हुँदै छ । हाल देशको ४२ वटा भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.