धनिमा मात्र हैन आम महिलामा आउनु पर्छ महिला दिवस : कृष्ण प्रसाद सापकोटा

रिपोर्ट नेपाल | 2024 Mar 08 | 05:14 pm 1777

 

 

प्रत्येक वर्ष मार्च 8 ( फाल्गुन २५ )मा, विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन एकसाथ आउँछ, यो दिन महिलाहरूको उपलब्धिलाई सम्मान गर्न र लैङ्गिक समानताको वकालत गर्न समर्पित छ। यो महिला अधिकारको दिशामा भएको प्रगतिलाई प्रतिबिम्बित गर्ने र साँचो लैङ्गिक समानता हासिल गर्नका लागि अझै गर्नुपर्ने कामलाई स्वीकार गर्ने क्षण हो।

एकथरी महिलाहरूले धूमधाम साथ महिला दिवस मनाउँदै गर्दा अर्काथरी महिलाहरू खोलाको बगरमा कुपोषित बच्चा काखमा लिएर गिटि कुटिरहेकको दृश्यले यस वर्ष पनि निरन्तरता पायो । अन्तर्राष्ट्रिय महिला दिवस सहरीया धनी महिलाका निम्ति मात्रै होइनकी आम महिलाका निम्ति पनि आउनुपर्छ ।

तब मात्रै यो दिवसले सार्थकता पाउँछ । स्मरण रहोस् , कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको  धेरै बर्ष बितेको छ । अपराधी अझै पत्ता लाग्न सकेको छैन । त्यस यता हरेक दिन मुलुकका विभिन्न स्थानहरूमा महिला हिंसा तथा बलात्कारका विभिन्न घटनाहरू एकपछि अर्को भइरहेका छन् ।’

संविधान र कानूनका ठेली हेर्ने हो भने युरोपेली तथा अमेरिकी महिला भन्दा पनि नेपाली महिला अधिकार सम्पन्न छन् । तर व्यवहारमा भने पटकै लागु भएको देखिन्न । शहरीया संभ्रान्त महिलाहरूले शुक्रबार १ सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस धुमधमका साथ मनाए ।

राजधानीका तारे होटेलमा गोष्ठी र सेमिनारहरू भए । सरकारी जागिरेहरूले छुट्टी पाए । तर बिहान काम गरेर दिउँसोको छाक र दिउँसो काम गरेर बेलुकाको छाक टार्न विवश महिलाहरूका लागि यो दिवस ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै बन्यो । यो क्रम राणाकाल , पञ्चायतकाल र गणतन्त्र सम्म आइपुग्दा निरन्तर चलिरहेकोछ ।

हिजो पनि शासन सत्ताको वरिपरि रहेका महिला शक्तिशाली थिए , शासन सत्ता भन्दा बाहिर रहेका महिलाको जीवन नरकीय थियो । आज पनि अवस्था त्यही छ । २ सय वर्ष अघि राजेन्द्र राज्यलक्ष्मीको पालामा पनि मुलुक चलेकै थियो । बरु त्यति बेला धार्मिक तथा नैतिक बन्धनका कारण महिलाहरू बलात्कृत हुँदैनथे । तर आज शासन सत्तामा पहुँच नभएका महिलाहरूको हालत के छ ? भन्ने कुरा निर्मला पन्तको घटनाले पनि उजागर गरिसकेको छ ।

हरेक आन्दोलनको मोर्चामा महिलाको सहभागिता पुरुषको जत्तिकै छ । तर, पनि हामीलाई पुरुषको जत्तिकै अधिकार देऊ भन्ने अवस्थाबाट भने नेपाली महिला अहिले पनि मुक्त हुन सकेको छैन । त्यो भन्दा विडम्बना के हुनसक्छ ? अनेक प्रयास गरेर पाएको ३३ प्रतिशत आरक्षणमा वेला वेला तिखो व्यंग्य हुन्छ ।

साथै, महिला अधिकारलाई अगाडि बढाउन आर्थिक सशक्तिकरण आवश्यक छ। महिलाहरूले उचित पारिश्रमिक, क्यारियरको उन्नति, र भेदभाव र उत्पीडनबाट संरक्षण सहित कार्यबलमा समान अवसरहरू पाउन योग्य छन्। कार्यदलमा महिला सहभागिता बढाउनमा उल्लेख्य प्रगति भएको भएतापनि अझै पनि लिङ्गको तलबको अन्तर र नेतृत्वको पदमा महिलाको कम प्रतिनिधित्व रहेको छ।

महिला अधिकार दिवस मनाउने क्रममा हामीले गरेको प्रगतिलाई प्रतिबिम्बित गर्ने मात्र नभई लैङ्गिक समानताको लागि जारी संघर्षमा आफूलाई पुन: प्रतिबद्ध गरौं। यसका लागि तल्लो तहको आन्दोलनदेखि सरकारी नीतिसम्म समाजका सबै तहमा सामूहिक कार्य आवश्यक छ। यसका लागि लैङ्गिक भूमिका र प्रणालीगत परिवर्तनका लागि वकालत गर्ने बारे चुनौतीपूर्ण दृष्टिकोण र विश्वास चाहिन्छ।

लेखक गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.