धनगढीका मेयरलार्इ कारवाहीकाे माग गर्दै प्रदेशसभाका २२ सांसद्‍ले दिए उजुरी

| 2018 Sep 27 | 06:08 pm 2042

धनगढी, ११ असोज :  धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर ओडविरुद्ध सत्तापक्षका २२ जना प्रदेशसभा सदस्यले कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् ।

मेयर ओडको अभिव्यक्तिको विरोधमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका २२ जना प्रदेश सभा सदस्यहरुले उजुरी दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई प्रदेश ७ को अस्थायी राजधानी धनगढी सिफारिस गरेपछि आन्दोलनमा उत्रिएका धनगढीका मेयर वडले गोदावरी राजधानीको प्रस्ताव स्वीकृत गरे २४ घण्टाभित्र धनगढीबाट धपाउने र जलाएर मार्ने अभिब्यक्ति दिएका थिए ।

उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो । त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

उजुरमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको पिछा गर्न संदिग्ध ब्यक्तिहरु देखिन थालेको, निगरानी गर्न थालेको र धम्की आउन थालेकाले सुरक्षाको माग पनि गरिएको छ । उनीहरुले मेयर ओडले बोलेको अडियो, भिडियो र पत्रपत्रिकाका कटिङ प्रमाणका रुपमा जिल्ला प्रशासनमा पेश गरेका छन ।

तर मेयर ओडले भने विज्ञप्ती निकाल्दै आफूले आक्रोशमा आएर त्यस्तो भनेको भन्दै माफी मागेका छन । उनले दुईतिहाइको बलमा प्रदेशको राजधानी वन मास्ने गरी गोदावरी लग्ने प्रस्ताव आएकाले आक्रोशमा त्यस्ता शब्द आफ्नो मुखबाट निक्लेकोमा आत्मआलोचना गर्दै सच्चाउने उल्लेख गरेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.