द्वन्दले विस्थापित कंगोली जनताको बासस्थान निर्माणमा जुट्दै नेपाली सेना

| 2021 Jan 12 | 07:47 pm 2277

काठमाडाैं, पुस २८ः अफ्रिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले ठुलो संख्यामा विस्थापित भएका
द्वन्द्व पिडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवास Internally Displaced Persons (IDP) Camp को निर्माण गरेर पिडितहरुको चुनौतीपूर्ण व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले यही पुस १९ गतेदेखि (तदनुसार 01 June 2020 देखि International Organization of Migration (IOM) को अनुरोधमा ७ (सात) हेक्टर जमिनमा बाटो निर्माण, सम्याउने, Drainage
लगायतका कार्य गरी बासस्थान निर्माणमा महत्वपूर्ण योगदान गरेको थियो ।

Dijugu क्षेत्रबाट विस्थापित भएका २० हजार स्थानिय जनताहरुलाई बुनियास्थित मुजिपेला क्षेत्रमा विभिन्न संरचना सहितको बासस्थान (Protection of Civilian Site) निर्माण गरेको थियो । यसअघि २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजार विस्थापितहरुको लागि आवश्यक संरचनाहरु निर्माण गरेको थियो ।

उक्त कार्यको UN Department of Peace Operations का प्रमुख Mr. Jean Pierre Lacroix, MONUSCO Force HQ, Head of the Office, Force Commander, स्थानीय जनता, Ituri प्रान्तका गभर्नर Mr. Jean Bamanisa Saidi लगायतबाट प्रशंसा भएको छ ।

नेपाली सेनाको इन्जिनियर गुल्म २३औं डफ्फाको गुल्मपति प्रमुख सेनानी अर्जुन अधिकारी थिए भने हाल २४ औं डफ्फाका गुल्मपति प्रमुख सेनानी सुरेश थापा रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.