दोहोरो नागरिकता बनाएको कसूरमा दुई जना पक्राउ

| 2023 Jul 06 | 07:43 am 2717

महेन्द्रनगर,असार २१। दोहोरो नागरिकता बनाएको कसूरमा दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका-५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.