दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

| 2024 Aug 29 | 03:19 pm 309

काठमाडौँ १३ भदौ / हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ ।

बिहीबार ३२२ कम्पनीका १ लाख ४६ हजार २ सय ४ पटकको कारोबारमा २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख १ हजार रुपैयाँ रहेको छ ।

५३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटाको घटेको छ भने २ वटा स्थिर रहेको छ । झिनो अंकले म्युचुअल फन्डहरु बढ्दा अन्य १२ उपसमूह राताम्मे छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.