दोस्रो शैक्षिक सत्रका लागि अध्यक्ष थापा छनौट

रिपोर्ट नेपाल | 2019 Feb 04 | 02:48 pm 2000

गुल्मी, माघ २१ : राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्रकालागि कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा छनौट भएका छन् ।

थापलाई काठमाडौंमा भएको कार्यक्रमका बीच लीडरशिप एकेडेमी काठमाडौं र अमेरिका स्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कूल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिले संयुक्त रुपमा अध्यक्ष थापालाई चयन गरेका हुन् ।

युवाहरुका क्षेत्रमा काम गर्दै आएका यी संस्थाहरुले आफुलाई चयन गरेको प्रति खुसी व्यक्त गर्दै अध्यक्ष थापाले युवाहरुमा नेतृत्व गर्ने अझ आत्मविश्वास बढेको बताए ।

उनले एक विज्ञप्ती जारी गर्दै युवा नेतृत्वमा प्रतिस्पर्धा गर्ने आत्माविश्वासको कमी रहेकाले यस्ता खालका कार्यक्रमहरुले आत्माविश्वामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका थापाले देशको जटिल र चुनौती पूर्ण समस्या समधानमा स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर जाने बताए ।

छनौटले विशेषज्ञ, राजनितीज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमै मूलधारमा ल्याउन उत्प्रेरकको काम गर्न सक्ने विश्वास रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

संस्थाले राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्रका लागि प्रदेश पाँचमा थापा सहित ६ युवा व्यक्तित्वहरुलाई छनौट गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.