दोलखा केन्द्रबिन्दु भएर भूकम्प धक्का

| 2020 Mar 04 | 10:14 pm 1811

काठमाडौं, फागुन २१: बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर साँझ ७ बजेर १७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।

खान खाने तरखर गरिरहेका स्थानियहरु भूकम्पको धक्काले त्रसित बनेका थिए । लामो समयपछि सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्काले अहिलेसम्म कुनै मानविय वा अन्य क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.