दोलखामा बस दुर्घटना एक यात्रुको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 20 | 02:42 pm 1740

दोलखा, मंसिर ४: बुधबार दोलखको भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिए ।

बा ३ ख २९९७ नम्बरको बस मिर्गेबाट काठमाडाका लागि छुटेको बसमा २० जना यात्रु रहेका थिए । ठूलीनागी भन्ने स्थानमामा पुगेपछि डिजेल सकिएर बस रोकिएको थियो ।

रोकिराखेको बस अचानक पल्टिए दुर्घटना भएको बुझिएको छ । बस रोकिएपछि यात्रुहरु बाहिर निस्किएका थिए ।

बसमै बसेका ७० वर्षीया तामाङसहित अन्य दुई जनामात्रै भित्र थिए । दुई जना बाहिर निस्किए पनि ७० वर्षीया वृद्धाको बसले च्यापिएर ज्यान गएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.