दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका शाही विजयी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 08:28 am 121

दैलेख , मङ्सिर ८ः दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी भएका छन् । शाहीले  २० हजार १५८ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का  २० हजार ५ मत प्राप्त गरे ।

शाहीले १५३ मतको झिनो मतान्तरले  जित हासिल गरेका हुन् । शाही २०४९ सालमा क्षेत्रपाल हुँदै  ०७४ को निर्वाचनमा क्षेत्र २ कै प्रदेश (ख) बाट एमालेका राज बहादुर शाहीसँग पराजय बेहोरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.