दैलेखमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2020 Jan 31 | 11:02 am 2182

दैलेख, माघ १७: बिहीबार साँझ महाबु गाउँपालिका ६ को लामीडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लामीडाँडाकी ३३ वर्षीया निर्मला विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले जानकारी दिए।

घाइते हुनेहरुमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

सडकको काम गरेर घर फर्किने क्रममा जोडले हावाहुरी चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परेपछि घटना घटेको महाबु गाउँपालिका ६ का वडा सदस्य दलबहादुर विकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.