देश नम्बर ५ को स्थायी राजधानी दाङकाे भालुवाङ बनाउने सहमति

रिपोर्ट नेपाल | 2020 Oct 02 | 04:28 pm 2291

बुटवल, असाेज १६ः प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।

मन्त्रीपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.