देश नचिन्ने, विदेश चिन्ने कर्मचारीहरू देशका लागि कामै छैन : मन्त्री पण्डित

| 2018 Nov 19 | 03:41 pm 1800

काठमाडौं, मंसिर ३ : कर्मचारीहरूले देशको हित हुने काम नगरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गुनासो गरेका छन् । सोमबार ललितपुरमा आयोजित ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले कर्मचारीहरूप्रति गुनासो गरेका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरू देशको लागि कामै नभएको पनि स्पष्ट पारे । उनले ‘कर्म एकातिर चहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरूप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

कार्यक्रममा तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई कडा निर्देशन समेत दिएका छन् । मन्त्री पण्डितले आफ्नो कर्मप्रति जबाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराए ।

मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा पनि गरे । उनले कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले सङ्घीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए । प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरू सहभागी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.