देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

रिपोर्ट नेपाल | 2018 Oct 03 | 06:52 pm 3671

जनकपुरधाम, १७ असोज : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले विदेशबाट दिनहुँ आउने शवले सबै नेपालीलाई पीडा दिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा रखे। उनले गरीबी तथा बेरोजगारीका नाममा अहिले पनि अन्तर्राष्ट्रिय जगतमा सहयोगको याचना गर्नुपर्ने अवस्था रहनु चिन्ताको विषय भएको बताए ।

समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासङ्घ नेपाल प्रदेश नं २ को प्रथम भेलाका अवसरमा आयोजित समारोहमा उपप्रधानमन्त्री यादवले मगन्ते मानसिकताले परनिर्भरताको अन्त्य कहिल्यै हुन नसक्दै बताए ।

उनले गरीबी, बेरोजगारी र अभावग्रस्त जनतालाई समानता, सम्पन्नता र अधिकार प्राप्त गराउनु अहिले पनि चुनौतीपूर्ण छ भन्दै सामाजिक न्याय र समृद्धिका लागि आर्थिक, शिक्षा, स्वास्थ्य, सिँचाइ, उद्योग, कलकारखाना स्थापना, कृषिको आधुनिकीकरण गर्न अपरिहार्य भएको बताए।

उनले सङ्घीयता र आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशी, विदेशी षडयन्त्र भइरहेकाले सबैलाई सजग रहन आग्रह गर्दै संविधान संशोधनविना मधेशी जनतासँग भइरहेको विभेदको अन्त्य हुन नसक्ने धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.