देशभर लकडाउन हुन्न, निषेधाज्ञा हुनसक्छ

रिपोर्ट नेपाल | 2020 Oct 09 | 07:07 am 2125

काठमाडाैं, असाेज २३ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरी २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।

सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश बमोजिम लकडाउन हुन्छ त ? प्रश्नको जवाबमा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्छन, देशभरी लकडाउन गर्ने अवस्था छैन्, हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ । प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर(सीसीएमसी)का सदस्य समेत हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्रमित छन् । उपत्यका हटस्पटको रुपमा परिणत हुँदैछ । तर हटस्पटको रुपमा परिणत भएपनि उपत्यकामा लकडाउन वा निषेधित क्षेत्र घोषणाको तयारी देखिन्न ।

सीसीएमसीले उक्त अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरिसकेको छ । यसअघि पनि उपत्यकामा सङ्क्रमित बढ्दा स्थानीय प्रशासनले नै निषेधित क्षेत्र घोषणा गरेको थियो । यद्दपी प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सकिने बताए।  गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.