देशभर मौसम बदली, केही स्थानमा वर्षा हुने सम्भावना

रिपोर्ट नेपाल | 2019 Oct 19 | 10:51 am 1748

काठमाडाैँ, कात्तिक २ : आज देशभरिकाे मौसममा बदली भएकाे छ । मौसम पूर्वानुमान महाशहाखाका अनुसार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक माैसम बदली भएको हाे ।

आज दिनभरि माैसम बदली नै भइरहने जनाइएकाे छ । अपराह्नपछि पहाडी भेगका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएकाे छ । मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही पूर्वी र मध्य पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको हाे ।

भाेलि कार्तिक ०३ गते पनि देशभर आंशिक देखि सामान्य बदली रही देशका पूर्वी र मध्य पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । याे अवस्था पर्सिसम्मै रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.