देशभर अत्यधिक चिसो, पडाडी भेगमा वर्षाको सम्भावना

| 2018 Dec 12 | 07:07 am 2062

काठमाडौं, मंसिर २६ : आज देशभर चिसो अत्यधिक चिसो बढेको छ। बुधबार देशका प्राय भेगमा आंशिक देखि सामान्य बदलि रहने भे मध्य र पश्चिम पहाडी भेगका केहि स्थानहरुमा क्षणिक वर्षाको संभावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज काठमाडौंको तापक्रम वर्षकै सबभन्दा न्यून मापन गरिएको छ। बुधबार बिहान काठमाडौंको न्यूनताम तापक्रम ३ दशमलव ८ डिग्री मापन गरिएको छ।

आज दिपायलको तापक्रम ४ दशमलव ५ डिग्री, डडेल्धुराको तापक्रम ३ दशमलव ३ डिग्री, धनगढीको तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

त्यसैगरी विरेन्द्रनगरको तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस छ भने नेपालगन्जको तापक्रम १० डिग्री, जुम्लाको तापक्रम माइनस ४ डिग्री, दाङको ६ दशमलव ३ डिग्री पुगेको छ।

पोखराको तापक्रम ७ दशमलव ५ डिग्री, भैरहवाको ९ दशलव ५ डिग्री, सिमराको ८ दशमलव ८ डिग्री, ओखलढुंगाको तापक्रम ७ डिग्री, ताप्लेजुङको ४ दशमलव ८ डिग्री, धनकुटाको तापक्रम ८ दशमलव १ डिग्री, विराटानगरको १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

जोमसोमको तापक्रम माइनस ३ दशमलव ८ डिग्री, धरानमा १५ डिग्री, लुम्लेको ५ दशलव २ डिग्री, जनकपुरको तापक्रम ९ दशमलव २ डिग्री र जिरीको तापक्रम शून्य ५ डिग्री मापन गरिएको छ।

आज बिहान सुर्योदय ६ बजेर ४५ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १० मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.