काठमाडौँ, २२पुष / होटल सघं नेपाल (हान) स्थापनाको दिन पारेर सत्कार तथा रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले माघ २ गतेका दिन सत्कार दिवस मनाइने भएको छ ।
नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना गर्न लागिएको (हान) ले जनाएको छ । (हान) का अनुसार यस दिन देशभरीका होटेल संघ राजधानीमा उपस्थित हुने र आफ्नो रैथाने परिकार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा नेपाल होटल इयरबुक समेत सार्वजनिक गरिने भएको छ । सो अवसरमा सातै प्रदेशका रैथाने खाना प्रदर्शनीमा राखिने भएको छ । हानले गत वर्षबाट यसरी क्यालेन्डर कार्यक्रम गर्न थालेको हो । हानको वार्षिक साधारणसभा समेत सोही दिन आयोजना हुने भएको छ ।