देशभरबाट २६ बन्दकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 14 | 07:23 pm 2262

काठमाडौं, साउन २९ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दमा संग्लन भएको आरोपमा प्रहरीले देशैभरीबाट २६ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बन्दकर्ताले १७ जिल्लामा नक्कली र सक्कली बम राखेर आंतक सिर्जना गरेका थिए ।

जसमा ८ जिल्लाका सार्वजनिक स्थानमा नक्कली बम राखिएको थियो भने ९ जिल्लामा राखिएका सक्कली बम प्रहरीले डिस्पोज गरेको थियो ।

काठमाडौंमा ४ वटा नक्कली र एक सक्कली बम सार्वजनिक स्थानमा फेला परेको थियो । त्यस्तै भक्तपुरमा २ सक्कली बम र ललितपुरमा ६ नक्कली र १ सक्कली बम निस्क्रिय पारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.