देव गुरुङलाई हटाएर प्रमुख सचेतकमा भट्टराईलाई भित्राइयो

| 2021 Feb 26 | 04:19 pm 2889

काठमाण्डाै फगुन १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले आफ्नो समुहबाट अलग भई प्रचण्ड माधब समुहमा गएको भन्दै पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाईलाई नियुक्त गरेकाे छ ।

प्रम ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नाे समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन । उक्त्त कुराको जानकारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

शुक्रवार प्रदेश १ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले आफूले नेता देव गुरुङलाई धन्यवाद दिँदै विशाल भट्टराइलाई नियुक्त गरेको जानकारी गराएको उपनेता नेम्वाङले बताए ।
पार्टीको संसदीय दलको नेताले प्रमुख सचेतक छान्ने व्यवस्था रहेकोमा प्रचण्ड माधब समुहले भने प्रम ओलीलाई संसदीय दलको नेता बाट हटाएको बताउदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.