नवलपुर, कार्तिक २६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुलीमा भएको जीप दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा तीन जना महिला र तीन जना पुरुष रहेको र एक जना गम्भीर घाइते भएको नवलपरासी पुर्वकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।