देउवा रिसाएको दिन सरकार ढल्छ : रवि लामिछाने

| 2024 Sep 19 | 05:42 pm 381

काठमाडौँ, आश्विन ३ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।

लामिछानेले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा रिसाएपछि दुई तिहाइको सरकार ढल्ने जिकिर गरे।

संविधान दिवसको अवसरमा रास्वपाले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै लामिछानेले दुई तिहाइको सरकारको प्राथमिकता अझै स्पष्ट नभएको बताए। उनले जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाउँदा जनता निराशा छाएको उदाहरण समेत दिए।

लामिछानेले भने, “दुई तिहाइको सरकार अस्थिर छ। कांग्रेस सभापति रिसाए सरकार ढल्छ, अनि राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?” उनले राजनीतिक दलहरू नै सुधारको आधार भएको र योग्य प्रतिनिधि पठाउन सके मात्र परिवर्तन सम्भव हुने धारणा राखे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.