देउवा पत्नी राणा फेरी उडिन जापान

| 2023 Jun 27 | 04:24 pm 3125

काठमाडाैं, असार १२ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकी धर्मपत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् ।

गत जेठ ३० गते पति शेरबहादुर देउवाकाे स्वास्थ्य फलाेअपका लागि सिंगापुर गएकी डा.  आरजु राणा गत शुक्रबार मात्रै नेपाल फर्केकी थिइन् । गत भदाैमा आफ्नाे घुँडाकाे उपचार गराउन जापान गएकी राणा त्यसैकाे फलाेअपका लागि पूनः जापान गए पनि नेपाली राजनीति बजारमा अनेक शंका उपशंका गरिएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.