काठमाडौं फागुन १२: सर्बोच्च अदालतको फैसला पछि नेपाली राजनीतिले नया मोद्लिना थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बिरुद्ध छुट्टैसमूह बनाएर बिरोधमा उत्रेको नेकपा प्रचण्ड–नेपाल समूहले विभिन्न दलका नेताहरु संगको वार्तालाई तिब्रता दिएका छन। यसकुराको पुस्टि सो समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन।
यसै क्रममा उक्त्त समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ उनकै निवास बुढानिलकण्ठ पुगेर भेटघाट गरेका छन। भेटबारे प्रतिक्रया दिदै प्रबक्त्ता श्रेष्ठले प्रचण्ड, नेपाल र देउवाबीच अदालतको फैसलापछि मिलेर जाने विषयमा छलफल भएको बताए ।
“प्रतिनिधिसभा पुनःस्थापना भएको स्थितिमा कसरी अघि बढ्ने ? संविधानको कार्यान्वयन र लोकतन्त्रको दिशातिर अघि बढ्न र देशलाई राजनीतिक अस्थिरता होइन, स्थिरताकै दिशामा अघि बढाउनका निम्ति हामीले मिलेर जानुपर्छ,’’ बुधबार भएको भेटबारे उनले भने, “लोकतन्त्रवादी सबै शक्तिहरु, संविधानका रक्षाका प्रश्नमा एकताबद्ध भएर गएका सबै शक्तिहरु फेरि मिलेर जानुपर्छ भन्ने बारेमा सामान्य छलफल भएको श्रेष्ठले बताए ।