देउवालाई खुइलाउन रामचन्द्रको यस्तो मोर्चावन्दी

| 2018 Jun 14 | 06:22 pm 1403

काठमाण्डौं, जेठ ३१ : तीन दिन देखि राजधानीमा संचालित नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको लामो रस्सा – कस्सिपछि अपहरान्न ४ बजेपछि बन्द सत्र सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २९ गते उद्घाटन गरी सुरु भएको महाधिवेशनमा प्रतिनिधिका विषयमा विवाद भएपछि बन्द सत्र हुन सकेको थिएन । महाधिवेशनबाट नेतृत्व हत्याउनको लागि दुई खेमामा उम्मेदवार खडा भएका छन् ।

मजदुरको संगठनबाट पार्टी सभापति शेरबहादुर देउवालाई सवक सिकाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा मोर्चावादी तयार गरिएको छ । जसरी पनि शेरबहादुर देउवाको उम्मेदवारीलाई पराजय गराउनका लागि गौशालामा रहेको अनुपम फूटल्याण्डमा नेताहरू बसेर मार्चावन्दी कसेका थिए ।

पुष्कर आचार्यको टिमलाई जिताउने गरी गरिएको मोर्चावन्दीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, रामशरण महत, गगन थापा, रंजित कर्ण लगायतका नेता रहेका छन् । लामो छलफल पछि उम्मेदवारको सूचि समेत सार्वजनिक गरिएको छ ।

अध्यक्षमा पुष्कर आचार्य, वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रसाद यादव, खुला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, अजय कुमार राई, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा, उपाध्यक्ष सेवामा नेत्रविक्रम थापा, उत्पादनमा ललित श्रेष्ठ, अनौपचारिक आशासिंह राठौर, महासचिवमा योगेन्द्र कुमार कुँवर, उपमहासचिव खुला गणेश बहादुर कुँवर, ज्योति कोइराला, महिला उपमहासचिव राधिका कुइकेल, सेवातर्फ सिताराम अवस्थी, अनौपचारिक राजेश पालिखे, उत्पादन तर्फ ईश्वर परियार, कोषाध्यक्ष मोहन कुमार बस्नेत र सह कोषाध्यक्ष सुशीला घिमिरे रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.