काठमाडौं, असार ७: नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले तत्काल नेतृत्व परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् । बिहीबार बिहान रिपोर्ट नेपालसँगको कुराकानीमा कोइरालाले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै तत्काल नेतृत्व परिवर्तनले पार्टी खतरामा पर्ने भएकोले अहिले यो सम्भव नभएको बताएका हुन् ।
पार्टीका आठ युवा नेताहरुले गठबन्धन गरेर तत्काल नेतृत्व परिवर्तन हुनुपर्ने माग राखिरहेका बेला महामन्त्री कोइरालाले एक चुनाव पराजित हुँदैमा नेतृत्व परिवर्तन गरिहाल्नुपर्ने संस्कारले पार्टीलार्इ खतरामा लैजानै भन्दै दुर्इवर्षपछि महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
कोइरालाले आगामी १४ औं महाधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गर्दै पार्टीलार्इ एकताबद्ध गरेर लैजान भूमिका खेल्ने बताएका हुन् ।
आगामी भदौको महासमिति बैठकमा विधान संसोधन गरी पार्टीलार्इ संघीय ढाँचामा लैजाने बताउँदै वादविवाद र आलोचनाले पार्टीलार्इ धक्का लाग्ने भएकोले सबै नेताहरुलार्इ गम्भिर भएर अभिव्यक्ति दिन आग्रह गरे ।
उनले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा कांग्रेसको पराजयको दोष व्यक्तिलार्इ दिएर केन्द्रीय समितिका अन्य सदस्य पानीमाथिको ओभानो बन्न नहुने धारणा राख्दै सबैले जिम्मा लिनुपर्ने बताए ।