देउखुरीमा बस दुर्घटना: एकको मृत्यु, ३२ घाइते

| 2018 Jun 08 | 09:36 am 2544

नेपालगञ्‍ज, जेठ २५ : जनकपुरदेखि नेपालगंज जादै गरेको ना ५ ख १८२९ यात्रु बस देउखुरीको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ।

दुर्घटनामा एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ भने ३२ जना घाइते भएको लमही इलाका प्रहरी प्रमुख अरुण सिंहले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनाकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ भने २७ जनाको नेपालगञ्ज रिफर गरिरएको छ । थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.