दूरगामी महत्त्वका निर्णय नगर्न गण्डकी सरकारलाई माओवादीकाे आग्रह

रिपोर्ट नेपाल | 2024 Mar 11 | 03:37 pm 641

काठमाडौँ २८ फागुन / माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्र संसदीय दलकाे बैठकले गण्डकी प्रदेश सरकार काम चलाउ सरकारमा परिणत भएकाे भन्दै दिर्घकालीन असरपर्ने निर्णय नगर्न आग्रह गरेकाे छ ।

तीन बुँदे निर्णय गर्दै कामचलाउ सरकार भईसकेको अवस्थामा दिर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न र त्यस्ता कुनै पनि काम कारबाही नगर्न सरकारलाई सचेत गराउने संसदीय दलकाे बैठकले निर्णय गरेकाे छ ।

केन्द्रीय गठबन्धनमा आएको फेरबदलको प्रभाव गण्डकी प्रदेश सरकारको गठबन्धनमा समेत परेको छ । हाल गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ र यो कामचलाउ सरकारमा परिणत भइसकेको छ ।

परिवर्तित नयाँ परिस्थितिमा दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्न दलका नेता हरिबहादुर चुमानलाई जिम्मा दिने निर्णय सदीय दलकाे बैठकले गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.