दूतावासले भन्यो– नेपालीलाई कुनै असर परेको छैन

रिपोर्ट नेपाल | 2024 Apr 15 | 12:21 pm 309

काठमाडौँ ०३ बैशाख / इजरायलस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । दूतावासले इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरे पनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ । दूतावासले नेपालीहरूलाई कुनै समस्या परे दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

तर इरानले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरूको बारेमा आफन्तले चिन्ता गरेका छन् ।
दूतावासले जारी गरेको विज्ञप्तिमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल अवस्थामा रहनुभएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दै दूतावासले विज्ञप्तिमार्फत भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.