काठमाडौं, भदाै २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरेर बाहिर निस्केपछि करिब १ किलो सुनसहित केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेका बाबुलाल दोङसहित तीन जना व्यक्तिलाई काठमाडौैं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । दोङ्ग दुबईबाट हिमालय एयरलाइन्समाआएका थिए ।
दोङले दुवईबाट ल्याएको सुनको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए । दोङसँगको सम्पर्क खुलेपछि ती दुई जनालाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।