दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 23 | 08:45 pm 3293

रुकुम (पश्चिम), फागुन ११ : मुसिकोट नगरपालिका–१ गिलबाङबाट दुर्लभ वन्यजन्तु रेड पान्डाको छाला ३ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का २३ वर्षीय बिकाश विक रहेका छन् ।

दुर्लभ वन्यजन्तु रेड पान्डाको छाला ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ग.५ प ११६५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा विकको झोलाबाट उक्त रेड पान्डाको छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.