दुर्घटना न्यूनीकरण गर्न सुधार कार्यक्रम

रिपोर्ट नेपाल | 2019 Apr 25 | 07:08 pm 2257

बुटवल , वैशाख १२ :  बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश ५ मा प्रहरीले नयाँ कार्यक्रम ल्याएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार साता व्यापी कार्यक्रम प्रदेशभरि सञ्चालन गर्न लागिएको छ । दुर्घटना न्यूनीकरणका लागि सुधार कार्यक्रम अगाडि सारिएको हो ।

बिहीबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले आगामी बैशाख १४ गतेदेखि कार्यक्रम सुरु भई २० गतेसम्म जारी रहने बताए । बुटवलसहित विभिन्न शहरी क्षेत्रहरुका साथ सबै जिल्लामा कार्यक्रम गरिने छ । दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकलाई सडकमै सुरक्षासम्बन्धी प्रशिक्षणसहित चेतना मुलक कार्यक्रम गरिने प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी पिताम्वर अधिकारीले यस अभियानमा गल्ती सुधार्न बढी जोड दिइने बताए । गैरजिम्मेवारपूर्ण कार्यशैलीमा सुधार ल्याउने गरी अभियान सञ्चालन हुने उनले बताए । दुर्घटनाको विश्लेषण गरेर जीवन रक्षालाई प्राथामिकतामा दिने भन्दै डिआइजी अधिकारीले दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको महत्व रहेको धारणा राखे ।

सडक दुर्घटना कम गर्न अटो रिक्साको व्यवस्थापन गर्नुपर्ने देखि छाडा चौपायको व्यवस्थापनमा ध्यान दिनु पर्नेमा सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.