काठमाडौं, जेठ २८: प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयको तथ्याङ्क अनुसार दैनिक ४० वटा सवारी दुर्घटनामा परी छ जनाको मृत्यु हुने गरेको छ । सडकको दुरवावस्था, ट्राफिक नियमको उल्लघंन, चालकको लापरबाहीलगायतका कारणले दैनिक ज्यान गुमाउनु परेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न सहरका तारे होलहरुमा गष्ठी तथा सम्मेलन हुने गर्दछन् । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमूलक गोष्ठी’ आइतवार पोखरामा सम्पन्न भयो ।
सवारी दुर्घटना न्यूनीकरणका साथै सडक सभ्यताको अभिवृद्धिमा सबै सरोकारवाला निकायको सहयोग र सहकार्यको आवश्यकता औंल्याए । त्यही दिन दोलखाको लादुकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो भने चालकसहित अन्य आठ जना घाइते भए ।
मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए
बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका हुन् ।
घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडाँ ल्याएयो । दुर्घटनाबारे अनुसन्धान चलिरहेको छ ।