दुर्घटनामा परेका प्रहरी अधिकृत खनालको निधन

रिपोर्ट नेपाल | 2018 Jun 08 | 01:11 pm 570

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक पोमनारायण खनालको निधन भएको छ । यही जेठ २० गते बुटवलमा सवारी दुर्घटनामा परेर खनाल गम्भीर घाइते भएका थिए । खनालको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार चलिरहेको थियो ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जनाएअनुसार उक्त दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । खनाल आफैंले चलाएको स्कारपियो गाडी बसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.