दुर्घटनामा गायक अमृत लामाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 16 | 05:58 pm 2074

दोलखा,  कात्तिक ३० : गाडी दुर्घटनामा परी चर्चित गायक अमृत लामा (योञ्जन) को मृत्यु भएको छ । आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  गायक लामाकाे मृत्यु भएको हाे ।

भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ ।

उनले ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.