काठमाडौँ, ०५ पुष / निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई २४ घण्टा भित्र अदालतमा झिकाउन आदेश दिएको थियो । त्यसपछि शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
उनको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।