दुर्गा प्रसाईंलाई दिए दुबईका राजकुमारले सुनको लौरो उपहार

रिपोर्ट नेपाल | 2022 Jun 18 | 04:13 pm 1593

झापा, असार ४ः ३ दिने भ्रमणमा शनिबार नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् ।  श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्।

प्रसाईंले राजकुमार मोक्तुमलाई विमानस्थलमा स्वागत गरेका थिए।  बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापमा २ दिन बस्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने समेत जनाइएको छ । राजकुमार मोक्तुम एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.