दुर्गा प्रसाईंका अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रिपोर्ट नेपाल | 2024 Mar 19 | 06:57 pm 305

काठमाण्डौ ०६ चैत / मेसिन गनसहित पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड रिहाइकाे माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। मंगलबार पक्राउ परेका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालका तर्फबाट निवेदन परेको हो।

निवेदनमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। प्रसाईंले पाँच वर्षअघि हतियार राख्न र प्रयोग गर्न पाउने गरी लाइसेन्स पाएका थिए। तर सोमबार सर्वोच्च परिसरमा खड्काले बोक्न पाउने गरी लाइसेन्स पाए पनि धिमालको साथबाट बरामद भएको थियो।

उनीहरुमाथि हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.