काठमाडौं, १२ चैत / मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।
मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । प्रसाईँको तर्फ बाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको छ ।
सर्वोसर्वोच्च अदालतले दुर्गा प्रसाईँकै पक्षमा रिट जारी गरेकाले अब झापाको बिएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।