दुबै खुट्टा नभएका सगरमाथा आरोही हरि बुढामगरलाई राष्ट्रपतिले दिए बधाई

| 2023 May 23 | 07:14 pm 1445

काठमाडौं, जेठ ९ः राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा नै कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलको बधाई सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच बुढामगरलाई हस्तान्तरण गरेका हुन् । ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँंदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेका विश्वकीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने राष्ट्रपतिको बधाई सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.