दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते

रिपोर्ट नेपाल | 2019 Jun 22 | 11:14 am 2340

चितवन, असार ७  : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ जाँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौतर्फ आउंदै गरेको ना ५ ख ३०९९ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.