दुई ठुला दल मिल्दा आत्माविश्वास बढेको छ : गृहमन्त्री लेखक

| 2024 Sep 05 | 01:26 pm 401

काठमाडौँ २० भदौ / नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस कैलालीले अयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कांग्रेस र एमाले दुई ठुला प्रतिशपर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताएका छन् ।

दुई ठुला दल मिल्दा राजनीतिक र जनतामा आत्मविश्वास बढेको बताए । हामी सहमतीका साथ अघि बढ्दा जनतामा आत्माबिश्वास बढेको छ उनले भने ।

दुई ठुला दलबिचको गठबन्धन बन्दा देशमा परिर्वनको थालनी भएको बताए। दुई दलको सरकार बने लगत्तै अर्थतन्त्र चलयमान भएको छ, १८ वर्षदेखि रोकिएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदबाट पास भएको छ । शान्ति प्रक्रियाका लागि रोकिएका बाँकी कामहरु अघि बढेका छन् मन्त्री लेखकले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.