दुई किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गर्दा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 03 | 01:29 pm 1935

बर्दिया, फागुन १९ :  किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेम रसुवा यार्चा गाउँपालिका–१ का २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका–१२ का ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका–५ का ४५ वर्षीया मैमीकुमारी सार्की रहेका छन् ।

उनीहरुलाई बर्दिया बढैयाताल गाउँपालिका–८ कर्णालीपुलबाट प्रहरीले पक्राउ गरेको हो ।

रसुवा यार्चा गाउँपालिका–५ का २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.