दुईवटा नागरिकता बनाएको कसुरमा गाउँपालिका प्रमुख साहलाई पक्राउ गर्न अदालतको आदेश 

| 2023 Sep 10 | 03:34 pm 6185

– सरोज यादव

सर्लाही, भदाै २४ । धनकौल गाउँपालिकाका प्रमुख राम आश्रय साहलाई नागरिकता सम्बन्धि कसुरमा  पक्राउ गर्न अदालतले आदेश दिएको छ |

गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा किर्ते गरेको नागरिकता प्रस्तुत गरेको भन्दै नागरिकता किर्तेमा कारवाही गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो । अध्यक्ष साहका विरुद्ध उच्च अदालतमा मुद्वा दायर भए पछी उनलाई पक्राउ गरि थप अनुसन्धान र कारवाही गर्न इलाका प्रहरी कार्यालय बरहथवालाई न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको सयुक्त इजलासले आदेश गरेको हो ।

अध्यक्ष साहको पहिलो नागरिक्ता नम्बर २१७ मा जन्म मिति २००१/०१/१० उल्लेख रहेको छ भने १९-०१-७३-०८६३६ नम्बर रहेको दोस्रो नागरिकतामामा जन्म मिति -२०११/०१/१० उल्लेख रहेको छ |

किर्ते गरेको आरोपमा जिल्ला अदालतबाट अनुमति लिई ईलाका प्रहरी बरहथवाबाट यहि भाद्र २२ गते शुक्रवारको दिन पक्राउ पुर्जी जारी गरिएको हो | यो प्रकरणबारे बुझ्न खोज्दा अध्यक्ष शाहको मोबाईल अफ भेटियो |

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.